दमौली : दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो अधिवेशन तथा दशौ साधारणसभा शुक्रबारदेखि शुरु भएको छ । अधिवेशनको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उदघाटन गर्नुभयो ।
संस्थाका अध्यक्ष मिरा जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।
अध्यक्षमा दुई श्रेष्ठको दावी
संस्थाको नेतृत्वका लागि वृषराज श्रेष्ठ र बुद्धिकुमार श्रेष्ठले दावी गर्नुभएको छ । वृषराजले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेरै उम्मेदवारी घोषणा गर्नुभएको थियो । यस्तै युवा लक्ष्मीभक्त खनालले पनि अध्यक्षमा दावा गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस निकटबाटै उम्मेदवार धेरै भएपछि आधिकारिक उम्मेदवार छान्न पार्टीलाई सकस परेको छ। अन्तिम समयसम्म सर्वसम्मतको प्रयास गरिने एक नेताले जानकारी दिनुभयो ।