दमौली खानेपानी चुनाव : अध्यक्षमा वृषराज र रामचन्द्रको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली खानेपानी चुनाव : अध्यक्षमा वृषराज र रामचन्द्रको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७७, शुक्रबार

    दमौली : दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षका लागि वृषराज श्रेष्ठ र रामचन्द्र सापकोटाले उम्मेदवारी दर्ता गर्नुभएको छ। शनिबार हुने मतदानका लागि अध्यक्ष पदमा श्रेष्ठ र सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    नेपाली काङ्ग्रेस निकट धेरै आकाङ्क्षी भएपनि अन्तिम समयमा आएर वृषराजको पक्षमा सहमति जुटेको थियो । यता नेकपा माओवादी केन्द्रका नेता सापकोटाले अन्तिम समयमा उम्मेदवारी दर्ता गराउनुभएको थियो।

    खुल्ला सदस्यमा २१ र महिला सदस्यमा ९ जनाको उम्मेदवारी परेको छ । खुल्लामा ७ र महिलामा ४ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचित सदस्यमध्येबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्ष मनोनित हुने प्रावधान छ ।

    निर्वाचन कार्यतालिका बमोजिम शनिबार नै उम्मेदवारी फिर्ताको कार्यक्रम रहेको छ । व्यास नगरपालिका-२,३ र ४ मा ३५०० भन्दा बढी उपभोक्ता रहेका छन् ।