आयआर्जनका लागि अपाङ्गता भएकालाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आयआर्जनका लागि अपाङ्गता भएकालाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    दमौली : अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग पु¥याउन रिसेड तनहुँले आर्थिक सहयोग प्रदान गरेको छ । व्यास नगरपालिकाको सहयोगमा रिसेड तनहुँले व्यावसायिक सीप सिकेर आयआर्जन गर्न चाहने २८ जना अपाङ्गता भएकालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

    व्यास नगरपालिकाका १४ वटै वडाबाट रिसेडले अपाङ्गता भएका व्यक्ति छनौट गरी प्रति व्यक्ति रु सात हजारका दरले आर्थिक सहयोग गरेको रिसेडका अध्यक्ष पदम परियारले जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिहरुको माग अनुसार नै व्यवसाय सञ्चालनका लागि सहयोग गरिएको हो ।

    दुई जनालाई सिलाइकटाई, एक जनालाई खाजापसल, छ जनालाई कुखुरापालन, दुई जनालाइ भैसीपालन, दश जनालाई बाख्रापालन, एक जनालाई बङ्गुरपालन, एक जनालाई बाँसको मुढा बनाउने तथा पाँच जनालाई कम्प्युटर तालिमका लागि आर्थिक सहयोग गरिएको हो ।

    किराना पसल विस्तारका लागि सहयोग पाउनुभएका व्यास नगरपालिका–५ नेपालटारका विमला श्रेष्ठले आगामी दिनमा यस सहयोगबाट आफ्नो किराना पसलमा सामान थपेर परिवारको आम्दानी बढाउन सहयोग पुग्ने बताउनुभयो । कम्प्युटर तालिम लिन लाग्नुभएका व्यास नगरपालिका–१३ का तुलसी अधिकारीले सो तालिमपछि आफूलाई भविष्यमा रोजगारी पाउन सहज हुने बताउनुभयो ।

    व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले सहयोगलाई सदुपयोग गरी आम्दानी वृद्धि गर्न आग्रह गर्नुभयो ।