सबैखाले भेला रोक्न सरकारको निर्देशन : के होला तनहुँ उद्योग वाणिज्य सङ्घको निर्वाचन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सबैखाले भेला रोक्न सरकारको निर्देशन : के होला तनहुँ उद्योग वाणिज्य सङ्घको निर्वाचन ?

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७७, बुधबार

    दमाैली : नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै सरकारले जिल्लाभित्र हुने भेला, सभा जुलस रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त निर्णय सुनाउनुभयो ।

    सरकारले उक्त निर्णय गरेसँगै नजिकिदै गरेको तनहुँ उद्योग वाणिज्य सङ्घको निर्वाचन के होला भन्नेमा चासो बढेको छ । गोरखा लगायतका जिल्लाहरुको अधिवेशन प्रशासनले रोकिसकेको सन्दर्भमा तनहुँ उद्योग वाणिज्य सङ्घको अधिवेशन पनि रोकिने सम्भावना छ ।

    सङ्घका महासचिव इमकुमार मल्लले अधिवेशनका सन्दर्भमा आफूहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन बुझाएको जानकारी दिनुभयो । “बुधबारमात्रै प्रशासनलाई सङ्घको अधिवेशनबारे जानकारी गराएका छौ, छलफलपछि जानकारी दिन्छौ भन्ने जवाफ आएको छ,” उहाँले भन्नुभयो । सङ्घको अधिवेशनका लागि करिब दुई हजार तीन सय भन्दा बढी मतदाता छन् ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले गृहमन्त्रालयको परिपत्र नआइसकेको हुनाले यसबारेमा अहिल्यै भन्न नसकिने बताउनुभयो । “मन्त्रालयले जिल्लाभित्र हुने भेला, सम्मेलन रोक्नु भनेर परिपत्र गरेको खण्डमा सबै कार्यक्रम रोकिन्छन्,” उहाँले भन्नुभयो ।