तनहुँ : बालयौन दुरुपयोग मुद्दामा जिल्ला अदालत तनहुँले एक प्रतिवादीलाई कैदको फैसला सुनाएको छ । जिल्ला न्यायधीश बासुदेव पौडेलको इजलासले बालयौन दुरुपयोग मुद्दामा शुक्लागण्डकी नगरपालिका–७ बस्ने ३९ वर्षीय रेशमबहादुर कार्कीलाई ६ महिना कैद र रु पाँच हजार जरीवानाको फैसला गरेको हो ।
प्रतिवादीले यस अगाडी तीन महिना २७ दिन कैद भुक्तान गरिसकेको र अदालतको आदेशपश्चात् थप कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिनुभयो ।
१२ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा निजविरुद्ध गत असोज २८ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।