उद्योग वाणिज्य सङ्घको पदाधिकारीमा तीन कुमार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्योग वाणिज्य सङ्घको पदाधिकारीमा तीन कुमार

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सङ्घको १६ औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनमा आकाङ्क्षीले उम्मेदवारी फिर्ता लिएसँगै प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष र कोषाध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल, द्वितीय उपाध्यक्षमा कुमार मल्ल र कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । प्रथम उपाध्यक्षमा निर्वाचित इमकुमार मल्ल निवर्तमान महासचिव हुनुहुन्छ भने द्वितीय उपाध्यक्ष कुमार र कोषाध्यक्ष दिनेश जिल्ला प्रतिनिधि हुनुहुन्थ्यो । उहाँहरु तीनै जना अध्यक्षका उम्मेदवार पविन्द्रकुमार श्रेष्ठको समूहका हुनुहुन्छ । यद्यपि अध्यक्षका अर्का उम्मेदवार बैकुण्ठनाथ मिश्रले भने समूह बनाउनुभएको थिएन ।