काठमाडौ: गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ। नेकपा माओवादी केन्द्रले उहॉलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गर्नुभएको हो । निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नुभएको थियो । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोज्नुभएको थियो ।