तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मादीपुल नजिकबाट कौडा खेल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा जितहारको बाजी राखी कौडा खेलेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले नगद रु ७६ हजार पाँच सय सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कदम गुरुङ, क्षेत्र बहादुर गुरुङ र विष्णुराज पन्त रहेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकाविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट जुवातास मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।