पूर्वमन्त्री भण्डारीलाई काेराेना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वमन्त्री भण्डारीलाई काेराेना

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०७८, शनिबार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसीआर परीक्षण अनुसार पूर्वमन्त्री भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    भण्डारी तीन दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेसको तरुण विभाग समेत रहनुभएका भण्डारीलाई सामान्य लक्षण देखिएको उहाँको सचिवालये जनाएको छ । हाल उहाँ होम आइसोलेशनमा बस्नुभएको छ । भण्डारी सहित श्रीमती र छोरालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।