जिल्ला युवा समितिका अध्यक्षद्वारा पदस्थापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला युवा समितिका अध्यक्षद्वारा पदस्थापन

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०७८, आईतवार

    तनहुँ : जिल्ला युवा समिति तनहुँकी नवनियुक्त अध्यक्ष रिता ढकालले पदस्थापन गर्नुभएको छ । केही समय अगाडी युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्ले ढकाललाई अध्यक्षमा नियुक्त गरेको थियो ।

    कार्यालयले आइतबार आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले नवनियुक्त अध्यक्ष ढकाललाई पदस्थापन गराउनुभएको हो । उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष ढकालले जिम्मेवारी वहन गर्दा कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।

    चालु आर्थिक वर्षका लागि कार्यालयमा कुनैपनि बजेट नरहेको बताउँदै ढकालले आगामी आर्थिक वर्षका लागि मन्त्रालयबाट बजेट प्राप्त भएपछि युवाहरुको हकहितका लागि काम गरिने बताउनुभयो ।

    जिल्ला युवा समितिका निवर्तमान अध्यक्ष युवराज आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेल लगायतले युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

    युवाको हकहितको संरक्षण र सम्बद्र्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण गरी युवा सम्बन्धी विषयको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म आवश्यकता अनुसार उनीहरुलाई संलग्न गराउन समितिले काम गर्दछ ।