व्यास नगरपालिकामा ७ सहित तनहुँमा थपिए १४ सङ्क्रमित (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा ७ सहित तनहुँमा थपिए १४ सङ्क्रमित (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०७८, आईतवार

    तनहुँ : दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमणका कारण तनहुँ पनि जोखिममा पर्दै गएको छ । तनहुँमा पछिल्लो समय दैनिक रुपमा कोरोना सङ्क्रमित थपिने क्रम जारी छ । यसैक्रममा आइतबार तनहुँमा व्यास नगरपालिकामा ७ सहित १४ जना सङ्क्रमित थपिएका छन् ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकामा ७, शुक्लागण्डकी नगरपालिकामा दुई, भिमाद नगरपालिकामा तीन, ऋषिङ गाउँपालिकामा एक र म्याग्दे गाउँपालिकामा एक जना सङ्क्रमित थपिएका छन् । सबै सङ्क्रमित पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् ।

    व्यास नगरपालिका–१ का ३५, ३९ वर्षीय पुरुष, व्यास नगरपालिका–२ का ४२ वर्षीया महिला, व्यास नगरपालिका–४ का २० वर्षीय पुरुष, ५४ वर्षीय पुरुष र व्यास नगरपालिका–१० का ४७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै व्यासका वडा नखुलेका १७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएकाे छ । भिमाद नगरपालिका–४ का ३८ वर्षीया महिला, भिमाद नगरपालिका–६ का ४१ र २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    शुक्लागण्डकी नगरपालिका–२ की २८ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका-३ का ५१ वर्षीय पुरुष र ऋषिङ गाउँपालिका–५ का ३८ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै म्याग्दे गाउँपालिका-२ का ५१ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएकेा छ ।