तनहुँमा निषेधाज्ञा जारी गर्न पालिकाहरुको अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा निषेधाज्ञा जारी गर्न पालिकाहरुको अनुरोध

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७८, सोमबार

    तनहुँ : नयॉ भेरियन्ट सहितको कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि तनहुँमा पनि निषेधाज्ञा गर्न स्थानीय तहहरुले अनुरोध गरेका छन् । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार दमौलीमा सम्पन्न दश वटै स्थानीय तहका प्रमुखहरु सहभागी बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा गर्न अनुरोध गरेको हो ।

    बैठकले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई निषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

    बैठकमा तनहुँ जिल्लाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु कोभिड अवधिभर आफ्नो पारिवारिक कार्यक्रम(विवाह, ब्रतवन्ध, धार्मिक कार्यक्रम आदि) बाहेकको कार्यक्रममा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।

    जिल्लाका सबै पालिकाहरुले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ सामग्री औषधि लगायत अन्य सामानहरु खरिद गरि भण्डारन गरि मौज्दात राख्ने, विकास निर्माणमा जिल्लाका सबै पालिकाहरुले बाहिरीबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्ति मार्फत विकास निर्माणका कामहरू सुचारु गर्ने, जिल्लाका सबै शिक्षण संस्थाहरुको पठनपाठन र परिक्षा पुर्ण रूपमा स्थगित गर्ने निर्णय बैठकले गरेको समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयाे ।

    बैठकमा दशवटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको सहभागिता थियो ।