पूर्वमन्त्री भण्डारी अस्पताल भर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वमन्त्री भण्डारी अस्पताल भर्ना

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७८, सोमबार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना हुनुभएको छ । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा रहनुभएका पूर्वमन्त्री भण्डारी सोमबार ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको हो ।

    तीन दिन अघि कोरोना परीक्षण गर्दा भण्डारी सहित श्रीमती र छोरालाई सङ्क्रमण पुष्टि भएको थियो । सोमबार साँझदेखि श्वासप्रश्वासमा केही समस्या देखिएपछि भण्डारीलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ। भण्डारीको श्रीमती र छोरा भने होम आइसोलेसनमा हुनुहुन्छ।