तनहुँ : कोभिड जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७, ८, ९ र घिरिङ गाउँपालिकाका सबै क्षेत्र बाहेक अन्य सबै पालिकामा निषेधाज्ञा गरिएको छ ।
निषेधाज्ञाका कारण मुख्य शहर सुनसान देखिएको छ । दमौली लगायतका केही स्थानमा भने फ्याट्टफुट्ट रुपमा सवारी साधन सञ्चालन भइरहेका छन् । केही तस्वीर :