तनहुँ : पछिल्लो २४ घण्टामा तनहुँका थप तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भिमाद, शुक्लागण्डकी र म्याग्देका एक/एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
भिमाद नगरपालिका–६ की ४४ वर्षीय महिलाको आज गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । उहाँमा वैशाख २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्लागण्डकी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको बिहीबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको बिहीबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
२७ सङ्क्रमित थपिए
यसैगरी शुक्रबार तनहुँमा २७ सङ्क्रमित थपिएका छन् । थपिनेमध्ये १२ महिला र १५ पुरुष छन् ।