तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु पाँच लाख भन्दा बढी सङ्कलन भएको छ ।
महाविपत्तिको घडीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामति कर्मचारी, स्वयंसेवीहरु लगायत सबैको उत्साह, आत्मबल र सेवाको भावना अभिवृद्धि गर्न, सामूहिक आइसोलेशन कक्ष निर्माण तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि खडा गरिएको कोषमा छोटो समयमै रु पाँच लाख १२ हजार चार सय १६ सहयोग जुटेको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कोषमा सङ्घले रु तीन लाख पाँच हजार जम्मा गरेको थियो । कोषमा व्यास ३ का बानेश्वर मल्लबाट रु १० हजार एक सय १, व्यास ३ का सुमन भट्टराईले रु १० हजार पाँच सय, व्यास २ का बिरु बस्यालले रु पाँच हजार पाँच सय ५५, व्यास २ का दिनेशकुमार श्रेष्ठले रु १० हजार ७ सय २६, व्यास २ का श्याम मौरातीले रु तीन हजार पाँच, व्यास ३ घर भई अमेरिकामा रहनुभएका उत्तम भट्टराईले रु ११ हजार एक सय ११, अष्ट्रेलियामा रहनुभएका दिनेश जोशीले रु पाँच हजार पाँच सय ५५, जापानमा रहनुभएका राजु कुमालले रु १० हजार पाँच सय, व्यास २ का रजिम मियाँले रु पाँच हजार ५ सय ५५, हरि खड्खलेले रु १७ हजार, दधिराज घिमिरेले रु पाँच हजार पाच सय ५५, लायन्स क्लव अफ तनहुँ व्यास सिटीले रु २५ हजार ५ सय ५५, इनर ह्लिव क्लव दमौलीले रु १० हजार एक सय ५५, महेश बतासले रु १५ हजार पाँच सय ५५, अनिता श्रेष्ठले रु ११ हजार सात सय, नेक महमदले रु ११ हजार, विष्णुकुमार कायस्थले रु पाँच हजार पाँच सय पाँच, नविन बतासले रु पाँच हजार पाँच सय १६, डा. अवतार न्यौपानेले रु पाँच हजार पाँच, गुरु कुमार बतास÷फुल माया बतासले रु ११ हजार एक सय ११, इम कुमार मल्ल÷निर्मला मल्लले रु ११ हजार एक सय ५१ रकम सहयोग गर्नुभएको छ ।