वडामै आईसोलेसन बनाउने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वडामै आईसोलेसन बनाउने तयारी

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७८, शनिबार

    दुलेगौँडा : कोरोना भाईरसको संक्रमणदर तिब्र गतिमा फैलदै गएको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ ले वडामै आईसेलेसन बनाउने भएको छ । केही दिन अहिलेको दरमा संक्रमण फैलदै गएमा नगरपालिकाको आईसोलेसनमा संक्रमितको चाप धान्न नसक्ने अवस्था सिर्जना हुने भएकाले वडामै आईसोलेसन बनाउने निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो ।

    उहाँका अनुसार शनिबार वडामा बसेको सर्वपक्षिय भेलाले हिमाली टोलको सामुदायिक भवनलाइ आईसोलेसन बनाउने निर्णय गरिएको हो । ‘आईसोलेसन बनाउन तयारी अवस्थामा भवनलाई राख्नेछौँ । यहाँ घरमा बस्न नमिल्ने सामान्य अवस्थाका संक्रमित बस्नेछन् ’, रेग्मिले भन्नुभयो, ‘यो भवनले नपुगे अन्य भवनको पनि प्रयोग हुनेछ ।’


    वडामा कोरोनाको भयावह स्थिती आउन सक्ने लक्षण देखिएकाले लकडाउनलाई कडाईका साथ लागु गराउने निर्णय समेत भएको छ । बजार क्षेत्र बाहेक निर्माण सामग्री, तरकारी वोक्ने सवारी दिनभर चलिरहेको छ । तर, वडाभित्र जिल्ला प्रशासनको निर्णय अनुसार नै ९ बजेसम्म मात्र चल्ने दिने वडाध्यक्ष रेग्मीले बताउनुभयो ।


    यस्तै, दिर्घ रोगिहरुका लागि आौषधि खरिद गर्नका वडाले सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो । वडामा हालसम्म १९ जनालाई दोस्रो लहरको कोरोना देखिएको छ । एक जनाको मृत्यु भएको छ । ५ जना निको भएका छन् ।