दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ले कोरोना सङ्क्रमितलाई घरमै पुगेर पौष्टिक आहार वितरण गरेको छ । सङ्क्रमितलाई हौसला बढाउन वडाले घरमै पुगेर पौष्टिक आहार प्रदान गरेको हो।
स्वास्थ्यकर्मी, टोलका अध्यक्षको सहभागितामा होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई स्वास्थ्य अवस्था बुझ्दै भिटामिन सि,भिटामिन वि कम्प्लेक्स, मास्क, स्यानीटाइजर, थर्मोमिटर, अक्सिमिटर, ग्लोभ्स, प्यारासिटामोलका साथै हर्लिक्स, जुस प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
होम आईशोलेशनका लागि राज्यले तोकेको न्यूनतम मापदण्ड समेत पुर्याउन नसक्दा पनि जनता आफै स्थानीय श्रोतसाधन प्रयोग गरेर बसेको रेग्मीले बताउनुभयो ।
“छिमेकी र समाजले हेयको नजरले हेरेको बेला जनप्रतिनिधि तथा स्वास्थयकर्मी पुगेर हौसला प्रदान गर्दा उहॉहरुले खुशी व्यक्त गर्नुभयो,” रेग्मीले भन्नुभयो । यस वडामा १० जना सङ्क्रमित होम आइसोलेशनमा हुनुहुन्छ।