कोरोना सङ्क्रमण : तनहुँका पाँचको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : तनहुँका पाँचको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७८, बुधबार

    तनहुँ : तनहुँका थप पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो तथ्याङ्क केही पहिला मृत्यु भएका सहितको हो । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरणमा भानु, व्यास, बन्दीपुर र शुक्लागण्डकीका पाँच जनाको मृत्यु भएको उल्लेख छ ।

    भानु नगरपालिका–४ का ७१ वर्षीय पुरुषको बुधबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उहाँमा जेठ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    भानु नगरपालिका–१२ की ६५ वर्षीया महिलाको वैशाख २३ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    बन्दीपुर गाउँपालिका–२ का पुरुषको वैशाख ११ गते भरतपुर अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    व्यास नगरपालिका–१ का ४१ वर्षीय पुरुषको वैशाख ३० गते चितवन मेडिकल कलेजमा मृत्यु भएकोछ । उहाँमा वैशाख २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    शुक्लागण्डकी नगरपालिका–५ का ८९ वर्षीय पुरुषको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सोमबार मृत्यु भएको छ । उहाँमा जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।