तनहुँ : कोरोनाको बहानामा आफूखुशी रकम नउठाउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ। बिहीबार प्रेस विज्ञप्ती प्रकाशित गरी प्रशासनले यस्तो आग्रह गरेको हो ।
कोभिड-१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका नाममा आफूखुशी रकम जम्मा गर्ने अभियान चलेको भन्ने टेलिफोन लगायत विभिन्न सूचनाका माध्यमबाट जानकारी प्राप्त हुन आएकाले त्यस्तो कार्य नगर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
कोही कसैले व्यक्तिगत र संस्थागत रुपमा रकम दिन चाहेमा कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सक्ने प्रशासनले जनाएको छ ।