स्वास्थ्य सामग्री सहित सङ्क्रमितको घरमा बन्दीपुरका अध्यक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    स्वास्थ्य सामग्री सहित सङ्क्रमितको घरमा बन्दीपुरका अध्यक्ष

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसि थापा कोरोना सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घर-घरमै पुग्नुभएको छ । कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका जनतालाई भेट्न थापा स्वास्थ्य सामग्री लिएर सम्बन्धितको घरमै पुग्नुभएको हो ।

    शुक्रबार बन्दीपुर-२ र ३ का ३५ घरमा पुगेर सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मास्क र केही औषधी वितरण गरेको थापाले जानकारी दिनुभयो । “सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै हौसला बढाउन घरदैलो गरिएको हो,” थापाले भन्नुभयो, “सबैको स्वास्थ्य अवस्था सामान्य नै छ ।”

    सङ्क्रमित विकास निर्माणमा

    बन्दीपुर-३ रामकोटका सङ्क्रमित विकास निर्माण कार्यमा सहभागी भएका छन् । चार जना कोरोना सङ्क्रमित होमस्टेको प्रवेशद्वार निर्माणमा खटिएका छन् ।

    स्वास्थ्य मापदण्ड अपनाई दूरी कायम गरी उनीहरु विकास निर्माणका काममा खटिएको थापाले जानकारी दिनुभयो ।