खनाललाई दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खनाललाई दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०७८, बुधबार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका कार्य समिति सदस्य विकास खनालमाथि समाचार लेखेकै आधारमा क्षत्री समाज तनहुँकी उपाध्यक्ष शारदा थापा अधिकारीले दुर्व्यवहार गरेको घटना प्रति नेपाल पत्रकार महासङ्घ तनहुँले ध्यानाकर्षण भएको जनाएको छ।

    क्षेत्री समाज तनहुँले स्वास्थ्य सामग्री हस्तान्तरणको विषयमा समाचार प्रकाशित भएपछि आफ्नो नाम समाचारको अन्तिममा समावेश भएको भन्दै पत्रकार खनालमाथि टेलिफोन र म्यासेजबाट पटक–पटक गाली गलौज गरेको विज्ञप्तीमा उल्लेख छ।

    समाचारको विषयलाई लिएर मानमदर्न हुने गरी अभिव्यक्ति दिनु खेदजनक महासङ्घले जनाएको छ । ‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै समाजिक काममा खट्ने संस्थाको जिम्मेवार पदाधिकारीद्वारा समाचारमा आफ्नो नाम पछाडी पर्यो भन्दै पत्रकारलाई अनावश्यक रुपमा मानसकि रुपमा तनाव दिनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी कार्य हो,’ शाखा सचिव प्रताप रानाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।