रोनाल्डोले पानीको बोतल समाउँदा ४ अर्ब डलरले घट्यो कोकाकोलाको सेयर मूल्य !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रोनाल्डोले पानीको बोतल समाउँदा ४ अर्ब डलरले घट्यो कोकाकोलाको सेयर मूल्य !

    खबरपुञ्ज संवाददाता

    १ असार २०७८, बुधबार

    एजेन्सी : क्रिस्टियानो रोनाल्डोले एक पत्रकार सम्मेलनका दौरान कोकाकोलाका दुई बोतल  पन्छाइदिएपछि  कम्पनीको सेयर मूल्यमा ४ बिलियन डलरले गिरावट आएको छ । सधैँ फिट रहने पोर्चुगलका कप्तान रोनाल्डो कार्बोनेटेड सफ्ट ड्रिन्क- कोकाकोलाबारे के सोच्छन् भन्ने उनकाे त्याे एक्सनबाट स्पष्ट भएको थियो ।

    हंगेरीविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा विश्व फुटबलका आइकन रोनाल्डोले कोकाकोलाका बोतल हटाएर पानीका बोतल रोजेका थिए ।

    पानीको बोतल समाउँदै उनले ‘अग्वा’ भनेका थिए । उनले मानिसलाई कोकाकोलाको ठाउँमा पानी पिउन आम मानिसलाई प्रेरित गरेको प्रस्ट हुन्थ्यो ।

    विश्वभर धेरै समर्थक र फलोअर भएका रोनाल्डले कोकाकोलाका बोतल हटाएर पानीको बोतल राखेसँगै यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ ।

    युरो २०२० को प्रायोजकसमेत रहेको कोकाकोलाको सेयर मूल्य ५६.१० बिलियनबाट घटेर ५५.२२ बिलियनमा आएको छ । रोनाल्डाेको त्यो संकेतलगत्तै १.६ प्रतिशतले घटेको सेयर मूल्य अहिले पनि निरन्तर ओरालो लागिरहेको छ ।