दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाको जाहेरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाको जाहेरी

    खबरपुञ्ज संवाददाता

    २ असार २०७८, बिहीबार

    काठमाडौं : तल्लो जात भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता भएको छ । बिहीबार केही पत्रकारसहित पुगेकी पीडित रुपा सुनारले जाहेरी दर्ता गर्नुभएको हो ।

    काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिइएको हो ।

    रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोध्नुभएको थियो । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गर्नुभएको छ ।

    रुपाका अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा १२ बजे नै जाहेरी दर्ता गर्न गए पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न मानेको थिएन । करिब ५ घण्टासम्मको दबाबपछि प्रहरीमा जाहेरी दर्ता गरेको रुपाले फेसबुकमार्फत जानकारी दिनुभयो।

    ‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ उहॉले लेख्नुभएको छ ।