सङ्घको कोभिड सङ्कट कोषमा जापानबाट एक लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सङ्घको कोभिड सङ्कट कोषमा जापानबाट एक लाख

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७८, शनिबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानका लागि जापानबाट एक लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।

    तनहुँ घर भई हाल जापान रहने तनुङ्गेहरुको संस्था तनहुँ समाज जापानले कोभिड विरुद्धको अभियानका लागि रु एक लाख ६ हजार पॉच सय सहयोग गरेको हो ।

    उक्त रकम शनिबार नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत् सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

    सङ्घले खडा गरेको कोषमा देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । सङ्घले सोही कोषबाट स्वास्थ्य सामग्री खरिद गरी जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थामा वितरण गर्दै आएको छ ।