क्यान्सर पीडित विकासको उपचारका लागि रेफ्री सङ्घको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित विकासको उपचारका लागि रेफ्री सङ्घको सहयोग

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७८, मंगलवार

    दमाैली : क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि तनहुँ जिल्ला फुटबल रेफ्री सङ्घले आर्थिक सहयोग गरेको छ । भारतमा उपचाररत दरैको उपचारमा सहयोग पुर्याउन सङ्घले रु पाँच हजार पाँच सय सहयोग गरेको हो ।

    रेफ्री इन्द्र गुरुङले रु एक हजार पाँच सय, विजयकुमार रानाले रु एक हजार, प्रदीप श्रेष्ठले रु एक हजार, रविन थापाले रु पाँच सय, अजय श्रेष्ठले रु पाँच सय, सुजन मल्लले रु पाँच सय र अक्षयकुमार श्रेष्ठले रु पाँच सय सहयोग गर्नुभएको छ ।

    दरैको उपचारका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले पनि सहयोग गर्दै आइरहेका छन् ।