स्‍वास्‍थ्‍य मन्‍त्री तामाङको १९ दिने उपलब्धि : खोप आउने सुनिश्‍चित, गाँजाको औषधीय उपयोग र अनुसन्धानको पहल सुरू
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्‍वास्‍थ्‍य मन्‍त्री तामाङको १९ दिने उपलब्धि : खोप आउने सुनिश्‍चित, गाँजाको औषधीय उपयोग र अनुसन्धानको पहल सुरू

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७८, बुधबार

    काठमाडाै : स्‍वास्‍थ्‍य तथा जनसंख्‍या मन्‍त्री शेरबहादुर तामाङले आफ्ना १९ दिने उपलब्‍धि सार्वजनिक गर्नुभएकाे छ । मंगलबार सर्वोच्‍च अदालतको अन्‍तरिम आदेशले पदमुक्‍त  हुनुभएका उहाँले १९ दिनमा ४ वटा उपलब्‍धि हाँसिल गरेको दाबी गर्नुभएकाे छ ।

    कोभिड नियन्‍त्रणमा इमान्दार प्रयत्‍न गरेको भन्दै उहाँले नेपालमा कोरोनाविरूद्धको खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भइसकेको दाबी गर्नुभयाे । तामाङका अनुसार केही दिनमा नै खोप आउने सुनिश्चित भइसकेको छ।

    राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै उहाँले गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागिसमेत पहल सुरू गरेको बताउनुभयाे ।

    यस्‍ता छन् तामाङका १९ दिने उपलब्धि

    १. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदि पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथिनै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ। राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन।)

    २. सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।

    ३. सम्पूर्ण सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चिततता गर्ने प्रकृयाको आरम्भ भएको ।

    ४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको।