शुक्लागण्डकीको बजेट १ अर्ब ६ करोड (नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीको बजेट १ अर्ब ६ करोड (नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ सहित)

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बिहीबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट ल्याउने भएको छ । बिहीबारको नवौ नगर सभा वडा नम्बर ६ का वडा सदस्य श्रीबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । नगरसभा स्थगित भएपछि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएन । तर, नगरसभा सदस्यलाई नीति, कार्यक्रम तथा बजेटको एक–एक प्रति उपलब्ध गराइएको छ ।

    उपप्रमुख सविता रसाईलीले प्रस्तुत गर्नेगरी तयार पारिएको बजेट गत वर्षको भन्दा ३ करोड रुपैयाँले कम हो । गत वर्ष नगरसभा मार्फत् एक अर्ब १० करोड दुई लाख ९७ हजार ८ सय ७५ रुपैयाँको बजेट पारित भएको थियो । नीति, कार्यक्रम तथा बजेट अध्ययन गरी सुझाव दिन नगरपालिकाले आफ्ना नगरसभा सदस्य समक्ष अनुरोध गरेको छ ।

    हेर्नुहोस शुक्लागण्डकीको नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ

    niti-ta-karyakram-shuklagandaki