काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएकाे छ ।
राष्ट्रपति भण्डारी लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गर्नुभएकाे छ । संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।
संविधानको व्यवस्था अनुसार संसदीय सुनुवाइको प्रक्रियाबाट अनुमोदन हुनुपर्ने नियुक्तिहरु स्वतः अगाडि बढेको हो । रिक्त रहेको संवैधानिक निकायमा २० पदाधिकारी संसदीय सुनुवाई नभइ संवैधानिक निकायहरुमा नियुक्त भएका हुन् ।