म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले रु ६५ करोड ८२ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । बिहीबार आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक बजेटमध्ये चालुतर्फ रु ३८ करोड सात लाख १५ हजार र पुँजीगततर्फ रु २७ करोड ७५ लाख ४६ हजार विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ रु तीन करोड १६ लाख, सामाजिक विकासतर्फ रु २६ करोड ६८ लाख ६६ हजार, पूर्वाधार विकासतर्फ रु २२ करोड ७३ लाख ५४ हजार, वातावरण र विपद् व्यवस्थापनतर्फ रु ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु ८ करोड २४ लाख ४१ हजार विनियोजन गरिएको छ । त्यस्तै सबै वडा कार्यालयका लागि रु चार करोड ५० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले स्वास्थ्य, पूर्वाधार, रोजगार, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको अध्यक्ष मायादेवी रानाले बताउनुभयो । स्वच्छ, सभ्य समृद्ध म्याग्देको आधार ः कृषि, पर्यटन र पूर्वाधार भन्ने नारालाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन, वडा कार्यालय भवन, दश शय्याको अस्पताल, डम्पिङ साइट, सडक संरचना निर्माण, कृषि तथा पशु क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण, पर्यटन पूर्वाधारको विकास र प्रबद्र्धन, घरेलु उदम विकास, स्वरोजगारी सिर्जना, खेलकुदको पूर्वाधार विकासमा बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पूर्णपाठ
myagde-niti