तनहुँ बस्दा राजनीतिक दबाब आएन : एसपी पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ बस्दा राजनीतिक दबाब आएन : एसपी पौडेल

    खबरपुञ्ज संवाददाता

    ११ असार २०७८, शनिबार

    दमाैली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले एक वर्ष जिल्लामा रहँदा राजनीतिक दबाब झेल्नुनपरेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएर जानुअघि शनिबार सञ्चारकर्मीसँग बोल्दै पौडेलले राजनीतिक दबाब झेल्नुनपरेको बताउनुभयो ।

    तनहुँ राजनीतिक हिसाबले उच्च र महत्वपूर्ण जिल्ला भएकाले सबै राजनीतिक दलबाट आफूले सहयोग पाएको पौडेलको भनाई थियो । “सबैको सहयोग र साथले कार्यकाल सफल भएको महशुस गरेको छु,” उहाँले भन्नुभयो, “अपराध न्यूनीकरण, शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग अपरिहार्य हुन्छ ।” पौडेलले कार्यकालमा सहयोग पु¥याउने स्थानीय तह, राजनीतिक दल, उद्योगी व्यवसायी लगायत सबैलाई आभार व्यक्त गर्नुभयो ।

    एक वर्षकाे कार्यप्रगति सार्वजनिक

    साेक्रममा पाैडेलले एक वर्षकाे प्रगति सार्वजनिक गर्नुभयाे । पाैडेलकाे कार्यकालमा जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा तीन सय ८१ फरार प्रतिवादी पक्राउ गरेको छ । आर्थिक वर्ष ०७७÷७८ मा प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका तीन सय ८१ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमध्ये एक सय पाँच जना महिला र दुई सय ७६ पुरुष रहेको पाैडेलले बताउनुभयाे । उहाँका अनुसार पक्राउ परेकाबाट एक सय ८७ वर्ष एक महिना २२ दिन कैद असुल भएको छ । साथै फरार प्रतिवादीबाट रु ६६ लाख ३८ हजार पाँचसय ६१ जरीवाना असुल भएको पौडेलले बताउनुभयो ।

    उक्त आर्थिक वर्षमा तीन सय ६० मुद्दा दर्ता भएकामा जघन्य अपराधतर्फ कर्तव्य ज्यानमा ११, जबरजस्ती करणीमा १७, लागुऔषधमा ३४, सवारी ज्यानमा ३१, आत्महत्या दुरुत्साहनमा चार र हातहतियारमा दुई मुद्दा दर्ता भएको छ । लागुऔषधतर्फ ५९ जना पक्राउ परेका छन् भने ३१ किलो ८६५ ग्राम गाँजा, ६६० एम्पुल डाइजेपाम, ६५४ एम्पुल फेनरागन, ६५० एम्पुल नुफिन, १३५ नाइट्रोजन ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

    अवैध काठतर्फ १२ जना पक्राउ परेका छन् भने ५ सय ८१ क्युफिट सालको काठ बरामद गरिएको छ । प्रहरीले सोही अवधिमा ३५ रोपनी क्षेत्रफमा अवैध रुपमा उम्रिएका ६ हजार पाँच सय गाजाका बोट नष्ट गरेको जनाएको छ ।

    नदीजन्य पदार्थ उत्खनन्तर्फ २ सय ६६ सवारी नियन्त्रण गर्दा रु २२ लाख १० हजार पाँच सय राजश्व सङ्कलन भएको छ । जुवातासतर्फ ११ वटा मुद्दा दर्ता हुँदा एक सय २० जना पक्राउ परेका छन् भने रु १४ लाख ३७ हजार दुई सय २५ रकम बरामद भएको छ ।

    कोभिड महामारी नियन्त्रणका लागि सञ्चालित मास्क खै अभियान अन्तर्गत १३ हजार ९ सय ३५ जनालाई मास्क वितरण गरिएको छ । अक्सिजन सिलिन्डर सङ्कलन अभियानअन्तर्गत एक सय २६ थान सङ्कलन भएकामा ९३ थान अस्पतालमा वितरण गरिएको छ । कोभिड व्यवस्थापन अध्यादेश अनुसार कारवाही गर्दा रु चार लाख ३६ हजार छ सय सङ्कलन भएको प्रहरीले जनाएको छ ।