तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले अविरल वर्षाका कारण मानवीय तथा भौतिक क्षतिप्रति दु:ख प्रकट गरेको छ । पहिरोमा परी ज्यान गुमाउनेका परिवारजनमा समवेदना सहित राहत तथा उद्धारमा खट्नका लागि एमालेले आग्रह गरेको हो ।
एमाले तनहुँका अध्यक्ष केदार सिग्देलद्वारा जारी विज्ञप्तीमा जनतामा समस्यापर्दा सक्दो सहयोग पुर्याउनु सबैको कर्तव्य भएको भन्दै प्राकृतिक विपत्तिमा राजनैतिक तथा सामाजिक सङ्घसंस्थाको समेत सहयोग अपरिहार्य रहेको बताउनुभयो । “पार्टीका सबै स्थानीय कमिटीहरु(गाँउ, नगर, वडा), नेता, कार्यकर्ताहरु आ-आफ्नो कार्यक्षेत्रमा यथाशीघ्र सहयोगमा जुटन् आग्रह गर्दछु,” विज्ञप्तीमा भनिएको छ । थप केही दिन वर्षा हुने भएकाले सतर्क रहन एमालेले आग्रह गरेको छ ।