व्यासको सामुदायिक आइसोलेशनबाट ८३ सङ्क्रमितको उपचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको सामुदायिक आइसोलेशनबाट ८३ सङ्क्रमितको उपचार

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    दमौली : व्यास नगरपालिकाले कृषि विकास बैङ्कको पुरानो भवनमा सञ्चालन गरेको आइसोलेशन केन्द्रबाट ८३ कोरोना सङ्क्रमितको सफल उपचार गरेको छ । कोभिड-१९ न्यूनीकरणका लागि नगरपालिकाद्वारा सञ्चालित सामुदायिक आइसोलेशनबाट ८३ जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् ।

    नगरपालिकाले उक्त भवनमा अक्सिजन सहितको आइसोलेशन सञ्चालन गरेको थियो । नगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार नगरपालिकाभित्र ८ सय ७० जना सङ्क्रमित भएकामा ७ सय ७२ जना सङ्क्रमितले कोरोना जितिसकेका छन् ।

    हालसम्म पालिकाभित्रका २३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ७५ जना सक्रिय सङ्क्रमित छन् ।