म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित म्याग्दे खोलाले बगाएर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । घुम्तीस्थित पक्की पुलबाट हिँड्ने क्रममा पुलमाथिबाट आएको बाढीले बगाएर बिहीबारदेखि बेपत्ता ४५ वर्षीय मैतबहादुर नेपालीको शुक्रबार बिहान शव भेटिएको हो ।
म्याग्दे–४ स्थित मिन माध्यमिक विद्यालयको पश्चिमपट्टिको खेतमा उनको शव भेटिएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । खोलाले बगाए लगत्तै बानियाँको टोलीले निजको खोजीकार्य शुरु गरेको थियो ।