दुलेगौडा : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शपक्लागण्डकी-७ की ९२ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
असार २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकी उनमा असार ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
१६१ को परीक्षण, ३१ मा सङ्क्रमण
पछिल्लो २४ घण्टाको अवधिमा तनहुँमा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६१ जनाको परीक्षण गरिएकामा २० महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यसमध्ये १९ जना एन्टिजेनबाट पहिचान भएका हुन् ।