ऐतिहासिक माराकानामा अर्जेन्टिनालाई अर्को अवसर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ऐतिहासिक माराकानामा अर्जेन्टिनालाई अर्को अवसर

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७८, शनिबार

    एजेन्सी : कोपा अमेरीकाको फाइनलमा आइतबार विहान अर्जेन्टिना ब्राजिल आमनेसामने हुँदैछन । यो खेल रियो दी जेनेरियो स्थित ऐतिहासिक माराकाना रंगशालामा हुँदैछ । 

    २८ वर्षपछि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाका लागि माराकाना रंगशालामा इतिहास बदल्ने अवसर हुनेछ । अर्जेन्टिनाले सात वर्षअघि यही रंगशालामा विश्वकप फाइनलमा हार ब्यहोरेको थियो । 

    लियोनल मेस्सी प्रेरित अर्जेन्टिना सन् २०१४ को फिफा विश्वकपको फाइनलसम्म पुगेको थियो । माराकानामा भएको उपाधि भेटमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । 

    यसपल्ट प्रतिद्वन्द्वी फरक छ, माहोल फरक छ, तर उपाधिको अवसर पनि छ । घरेलु टोली ब्राजिललाई हराएर पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य पूरा गर्न मेस्सी पनि प्रयासरत रहनेछन् ।

    यसअघि अघिल्लो फाइनलको तुलनामा एउटा कुरा फरक हुनेछ– त्यो हो दर्शक । कोरोना महामारीका कारण यसपटक कोपा अमेरिका ‘बायो बबल’ अर्थात दर्शकविना सन्चालन भइरहेको छ ।

    फुटबलमा बाह्रौं दर्शक मानिने समर्थकको अभाव दुवै टोलीले उत्तिकै महशुस गर्नेछन् ।