छाब्दीखोलामा दुई पाङ्ग्रे सवारी वारपार शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छाब्दीखोलामा दुई पाङ्ग्रे सवारी वारपार शुरु

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७८, आईतवार

    दमौली : तनहुँको व्यास-१ र १३ जोड्ने छाब्दीखालाबाट दुई पाङ्ग्रे सवारी वारपार शुरु भएको छ । पक्की पुल बाढीले भत्काएको ११ दिनपछि उक्त ठाउँबाट दुई पाङ्ग्रे सवारी वारपार भएको हो ।

    व्यास नगरपालिकाले बनाएको ह्युम पाइपमार्फत् दिउँसो ३ बजेबाट मोटरसाइकल र स्कूटर वारपार गर्न मिल्ने भएको स्थानीयवासी यामबहादुर आलेले जानकारी दिनुभयो । साथै आजै बेलुकाबाट नै ठूला सवारी पनि वारपार गर्न मिल्ने गरी काम भइरहेको उहॉले जानकारी दिनुभयो ।

    “तत्कालका लागि अस्थायी रुपमा भनेपनि सवारी सञ्चालन गर्ने सक्ने भएको छ, भोलिबाट बेलिब्रिज निर्माण शुरु हुन्छ,” उहॉले भन्नुभयो ।

    बाढीले पुल भत्काएपछि यस भेगका सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका थिए ।