ढुङ्गा फुटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ढुङ्गा फुटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७८, आईतवार

    दमाैली : शनिबार बिहान ४ बजेदेखि एकतर्फी रुपमा सञ्चालित पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा ठूलो ढुङ्गा सहितको पहिरा खसेपछि एकतर्फी सञ्चालनमा रहेको उक्त ठाउँको ढुङ्गा सहितको पहिरा आइतबार साँझ ५ः४० मा सफा गरिएको हो ।

    ठूलो चट्टान ढुङ्गा फुटाई सडक सफा गरेपछि राजमार्ग दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “अब राजमार्गमा कुनै अवरोध छैन,’ प्रनाउ तिमिल्सिनाले भन्नुभयो । यसअघि यस ठाउँमा खसेको ढुङ्गाले राजमार्ग एकतर्फी हुँदा कयौ सवारी साधन बेला बेलामा जाममा पर्ने गरेका थिए ।