तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । शुक्लागण्डकी-१२ का ७९ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उहॉमा असार २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टाको अवधिमा तनहुँका १६७ को कोरोना परीक्षण गरिएकामा ४३ सङ्क्रमित भएका छन् । २८ महिला र १५ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।