व्यवसायीलाई कोभिड विरुद्धको खोप चाहियो : उद्योग वाणिज्य सङ्घ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यवसायीलाई कोभिड विरुद्धको खोप चाहियो : उद्योग वाणिज्य सङ्घ

    खबरपुञ्ज संवाददाता

    ३० असार २०७८, बिहीबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले जिल्लाका व्यवसायीलाई पनि कोभिड विरुद्धको खोप माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको नेतृत्वमा बिहीबार प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीलाई कोभिड विरुद्धको खोप माग गरिएको हो ।

    विषम् परिस्थितिमा व्यवसायीले आफ्नो ज्यान जोखिममा राखी व्यवसाय सञ्चालन गर्नुपरेकाले उद्योगी व्यवसायीका लागि खोप अपरिहार्य रहेको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । विभिन्न समूहका व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप दिइएपनि व्यवसायीलाई उपेक्षा गरिएको श्रेष्ठले बताउनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य एवं तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महिला उद्यमी विकास समितिका सभापति शकुन्तला आले, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिका सभापति श्री भूपाल आले लगायतको उपस्थिति थियो ।