पोखरा : लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले यही असार ३० गते कास्कीको पोखरा महानगरपालिका वडा नं.१ बगरबाट ठूलो मात्रमा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१ बगर बस्ने वर्ष ४९ को अर्जुन कुमार गुरुङ रहेका छन् । पोखराको बगर क्षेत्रमा लागूऔषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले निज गुरुङलाई शंकास्पद अवस्थामा फेलापारी व्यक्ति र घर समेतको तलासी लिँदा निजको घरकोठाबाट सुटकेस भित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध बरामद गरेको छ ।
लागूऔषध डाईजापान ६७० एम्पुल, फेनारगन ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१४ एम्पुल, नगद रु.५,२१,२००।– (पाँचलाख एक्काईस हजार दुईसय) र मोबाईल १ थान सहित फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका निज उपर लागूऔषध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान पनि भइरहेको छ ।