काठमाडौ : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनुभएको छ । आज बिहान ९ बजेर ५७ मिनेटकाे साइतमा देउवा बालुवाटार सर्न लाग्नुभएको हो।
मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बुढानिलकण्ठमा बस्दै आउनुभएको थियो । देउवाको सचिवालयले दिएको जानकारीअनुसार उनी शुक्रबार बिहान सरकारी निवास सर्न लाग्नुभएको हो ।