मेयर जिसीको शल्यक्रिया सफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मेयर जिसीको शल्यक्रिया सफल

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७८, शनिबार

    पाेखरा : पोखरा महानगरपालिका मेयर मान बहादुर जिसीको मस्तीस्कको सफल शल्यक्रिया भएको छ । १० बजे देखि उनको शल्यक्रिया गरिएको थियो । २ घण्टा लामो शल्यक्रिया सफल भएको नेकपा ऐमाले गण्डकीका अध्यक्ष जगत विश्वकर्मले जनकारी दिए । अहिले जिसीको स्वास्थ्य अवस्था सुधारात्क रहेको उनले बताए ।

    काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत मेयर जिसीको शल्यक्रिया गर्नुपरेको हो । २४ घण्टा प्रत्यक्ष निगरानीमा उपचार गरेपछि न्युरो अस्पतालको चिकित्सकको टोली शल्यक्रिया गर्ने निर्णयमा पुगेको थियो ।

    मेयर जिसीलाई मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । मणिपालका चिकित्सकले मस्तिष्कघात पुष्टि गरेका थिए । चिकित्सकहरु छलफल गरी शल्यक्रिया गर्ने निष्कर्षमा पुगेका छन् ।

    हल्का स्वेलिङ्ग (सुन्निएको ) देखियो अब अप्रेशन नै गर्नु पर्छ भन्दै चिकित्सकहरुले शल्यक्रियाको तयारी गर्दै हुनुहुन्छ– तिमिल्सिनाले समाधानसँग भने । ४८ घण्टा भित्रै शल्यक्रिया गर्दा राम्रो हुन्छ भन्ने निष्कर्षमा चिकित्सक टोली पुगेको थिए । मणिपालका चिकित्सकको सल्लाहमै मेयर जिसीलाई शुक्रबार बिहान ११ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।

    मेयर जिसीलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व गृहमन्त्री खगराज अधिकारी, एमाले गण्डकी अध्यक्ष जगत विश्वकर्मा लगायतले काठमाडौं स्थित अस्पतालमै पुगेर भेटेका थिए ।