ट्रि हाउसमा बास बस्न पाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्रि हाउसमा बास बस्न पाइने

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७८, आईतवार

    म्याग्दे : निर्माण नसकिदै ‘भाइरल’ बनेको तनहुँको म्याग्दे गाउँपालिका–२ मा रहेको ट्रि हाउसमा बास बस्न पाइने भएको छ । ज्यानटाङ सामुदायिक वनभित्रको हरित उद्यानमा निर्माणाधीन अवस्थामा रहेको ट्रि हाउसमा बास बस्न मिल्ने व्यवस्था गर्न लागिएको हो ।

    डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरित पार्क र ट्रि हाउस निर्माण भइरहेको हो । निर्माणको अन्तिम चरणमा पुगेको उद्यानमा थप पूर्वाधार निर्माण गरिने सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ रेष्टुरेन्ट, वनभोज स्थल समेत निर्माण गरिनेछ ।

    May be an image of outdoors

    रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।

    May be an image of 1 person, outdoors and tree

    पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्देश्य बमोजिम उद्यानका साथै रुखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडी सारेका हौ,” उहाँले भन्नुभयो, “रुखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिचिरहेको छ ।”

    रुखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सात जना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।

    पृथ्वीराजमार्गसँगै रहेको उक्त उदान घुम्न आउने सर्वसाधारणको बढिरहेको स्थानीय युवा विधान रानाभाटले जानकारी दिनुभयो ।