म्याग्देको कोरोना कोषमा सूर्य नेपालको २० लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देको कोरोना कोषमा सूर्य नेपालको २० लाख

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७८, आईतवार

    म्याग्दे : सूर्य नेपाल प्रालिले कोभिड-१९ नियन्त्रणका लागि तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा २० लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका-७ शेरामा रहेको सूर्य नेपालले कोभिड नियन्त्रणका लागि गाउँपालिकालाई २० लाख सहयोग गरेको हो ।

    सूर्य नेपालका कारखाना व्यवस्थापक बाबुराम कार्की, मानव संशाधन विभाग प्रमुख अन्जन दुवाडी र सुरक्षा प्रमुख होमनाथ अर्यालले उक्त रकमको चेक आइतबार गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेलाई हस्तान्तण गरेका छन् ।

    सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले कोरोना रोकथामका लागि सहयोग गरेको कार्कीले बताए । कम्पनीले सामाजिक उत्तरदायित्व वहन अन्तरगत गाउँपालिकालाई यस अगाडी एक थान एम्बुलेन्स पनि सहयोग गरेको थियो । त्यस्तै शुक्लागण्डकी नगरपालिकालाई पनि एक थान एम्बुलेन्स सहयोग गरेको कार्कीले जानकारी दिए ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष रानाले कोरोना रोकथाम र परीक्षणका लागि प्राप्त सहयोगले ठूलो सहयोग गर्ने बताइन् । गाउँपालिकाका उपाध्यक्ष घिमिरेले स्रोत साधनमा कमी भइरहेको अवस्थामा सूर्य नेपालले गरेको सहयोग उदाहरणीय रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले कोरोना रोकथामका लागि गाउँपालिका क्रियाशील रहेको बताउँदै सहयोगप्रति सूर्य नेपाललाई धन्यवाद दिए ।

    कार्यक्रममा गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने, योजना शाखा प्रमुख श्रीराम खनाल लगायत सहभागि थिए ।