वैरेनीमा जग्गा एकीकरण आयोजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वैरेनीमा जग्गा एकीकरण आयोजना

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १० स्थित वैरेनीमा जग्गा एकीकरण आयोजना अगाडी बढाउने भएको छ । यहाँ रहेका जग्गाहरुलाई एकीकृत गरी व्यवस्थित रुपमा विकास गर्नका लागि नगरपालिकाले जग्गा एकीकरण आयोजना अगाडी बढाउन लागेको हो ।

    शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा उक्त ठाउँमा आयोजना सञ्चालन गरिने व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलले जानकारी दिए । नगरपालिकाले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल समक्ष वैरेनी जग्गा विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।

    शहरी विकास तथा भवन निर्माण विभागले नगरपालिकाबाट प्राप्त परिमार्जित मस्यौदा वैरेनी जग्गा एकीकरण आयोजनाको अध्ययन गरी कार्य अगाडी बढाउने निर्णय गरेको छ ।