बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको विचल्ली भएको छ । स्थानीय सङ्गिता तामाङ गन्धर्वले भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको विचल्ली भएको हाे ।
केही दिन अगाडी श्रीमान् श्रीमतीको झगडा परेपछि उनी घर छाडेर हिँडेको बताइएको छ । उनी हराएको बारेमा परिवारले बिहीबार बन्दिपुर गाउँपालिकालाई जानकारी गराएको छ । गाउँपालिकाले प्रहरीलाई खबर गरेर उनको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । “ती महिला हराएको बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी कार्य गरिरहेका छौ,” उनले भनिन् ।
ती महिलाले मोवाइल फोन घरमै छाडेकी छिन् । भानु माइती भएकी उनको आमासँग पनि सम्पर्क भएको गुरुङले बताइन् । “ती महिलाको आमासँग कुरा गरेका छौ, माइती पनि नगएको जानकारीमा आयो,” गुरुङले भनिन् ।