युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७८, शुक्रबार

    आँबुखैरेनी : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आँबुखैरेनी शाखाले मृत्यु दावी भुक्तानी गरेकाे छ । कम्पनीले गोरखा जिल्लाको शहिद लखन गाउँपालिका-३ कान्टारका स्वर्गीय धनमाया गुरुङको परिवारलाई मृत्यु दावी भुक्तानी रकम बापत दुई लाख २१ हजार ६ सयकाे चेक शुक्रबार हस्तान्तरण गरेकाे हाे ।

    कम्पनीका शाखा प्रमुख सबिता भट्टराई, एजेन्सी म्यानेजर भोला गंगाजु, कर्मचारी सुमन श्रेष्ठ, मृतकको बीमाकर्ता सृजना गुरुङ लगायतको उपस्थितिमा मृतकको घरमै पुगी श्रीमान टक बहादुर गुरुङलाई उक्त चेक हस्तान्तरण गरिएकाे छ ।

    साे क्रममा शाखा प्रमुख भट्टराईले बीमाकाे महत्त्व र आजको आवश्यकताबारे चर्चा गरेकी थिइन् ।