म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका-५ निवासी जुपिटर वाग्ले नेपाली काङ्ग्रेसको कान्छो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । शुक्रबार भएको वडा अधिवेशनबाट उनी म्याग्दे-५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका हुन्।
हाल उनी १९ वर्षका भए । तनहुँ जिल्लामै सबैभन्दा कम उमेरका क्षेत्रीय प्रतिनिधि सम्भवत उनी नै हुन् ।
जनज्योति क्याम्पस भिमादमा विद्यार्थी राजनीति गर्ने वाग्ले युथ कांग्रेस नेपालको तनहुँ जिल्ला सदस्य हुन् भने युथ कांग्रेस नेपाल म्याग्देका संयोजक हुन् । उनी तरुण दल म्याग्दे-५ का सहसचिव समेत रहेका छन् ।