जलदेवीमा अध्ययनरत तीन विपन्न विद्यार्थीलाई अधिकारीद्वारा शैक्षिक सामग्री प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जलदेवीमा अध्ययनरत तीन विपन्न विद्यार्थीलाई अधिकारीद्वारा शैक्षिक सामग्री प्रदान

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७८, मंगलवार

    दमौली : भानु नगरपालिका-१३ मिर्लुङ घर भई हाल व्यास-१ गल्वुवेशी बस्ने चक्रबहादुर अधिकारीले जलदेवी माविमा अध्ययनरत तीन विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । कक्षा ६ मा अध्ययनरत सम्राट थापा मगर, द्रिष्टी थापा मगर र सानु थापा मगरलाई अधिकारीले शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको रोहवरमा मंगलबार ती विद्यार्थीलाई सामग्री सहयोग गरेको पूर्व शिक्षक समेत रहेका अधिकारीले जानकारी दिए ।

    पाल्पा घर भै दमौलीमा ज्याला मजदूरी गर्दै आएका सम्मरबहादुर थापा मगर र उनकी पत्नी माया थापा मगर बिरामी परेपछि उनीहरुका सन्तान विद्यालयमा भर्ना हुन नसकेका र आर्थिक अवस्था नाजुक भएर पढाई नै छाड्नुपर्ने स्थिति आएको जानकारी पाएपछि अधिकारीले शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

    यसैगरी भानु-१२ घर भई व्यास-२ बस्ने मिर्लुङ मेडिकल हलका सञ्चालक रामचन्द्र अधिकारीले ती विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन् ।

    कार्यक्रममा विव्यस अध्यक्ष होमबहादुर बस्नेत र प्रधानाध्यापक जयराम सेढाईले सहयोगप्रति आभार व्यक्त गरे ।